दफा ५८
अन्य सजाय
यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियमको उल्लंघन भएकोमा त्यस्तो उल्लंघनका लागि कुनै सजायको व्यवस्था गरिएको रहेनछ भने त्यस्तो उल्लंघनकर्तालाई त्यस्तो उल्लंघनको मात्रा हेरी पचास हजार रुपैयाँसम्म जरिबाना वा छ महिनासम्म कैद वा दुवै सजाय हुनेछ ।